
अघि युगदेखि
समयका सीमारेखा पार गर्दै
आइरहेका हामी मानव
आफ्नो धरातल स्वीकार गर्दै छौ
इतिहासका पदचाप पछ्याउँदै छौँ .।
भूगोलका रेखाहरू कतै
आफ्नै बाटोमा अल्मलिरहेका छन्
कोरोनाको व्याधीले
शक्तिराष्ट्र पनि आक्रान्त छन् ।
आशाको त्यान्द्रोमा
समयको गीत गाइरहेका छन् .
मान्छेको जीवन आज झ्यालभित्र सीमित छ
हरेक दिन झ्यालबाट
संसारका नयाँ आयाम खोज्नुपर्ने भइरहेको
मान्छेको जीवन चिन्न
समयले सहजै स्वीकार्ने छैन
आशातीत उज्ज्यालोको खोजीमा
असङ्ख्य जूनकीरीहरू दौडिरहेछन् .
अन्धकारको दहमा डुबिरहेको मानवलाई
हातको खाँचो छ
तर आज मानव
आफँै उज्ज्यालोको सुरक्षा गर्न सेकिरहेको छैन
आफ्नो सुरक्षाका लागि
मास्क र सेनेटाइजर लिएर
अर्को मानवसित तर्सिदै छ
दिन प्रतिदिन आफ्नो पहिचान गुमाउँदै छ ।
.
त्यसैले,आऊ मानव कलम भएर आऊ
सङ्घर्षको गीत गाऊ
प्रेमले भक्तिभाव जगाऊ
सधैँ झुकेर सलाम गर्ने हातहरूमा
मित्रता बढाई वैरभाव हटाऊ
मानव तिमी नै संसारको उत्तम प्राणी हौ
भविष्यको उज्ज्यालो खोजी गर्न
भग्नावशेषबाट भए पनि
मनभरि कमलको फूल लिएर आऊ
कोरोना त के संसारमा अरू प्रलय आउन सक्छन्
तसर्थ आजका पुस्तामा
शान्तिको भाव पैmलाऊ
बिन्ती छ शान्तिका गीत गाऊ .।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० कार्तिक २०८२, बिहीबार 






