चलाउ्न श्रृष्टि भनेर देवता बनाऔँ मानिस
मान्छेले रीति बिगार्यो जाति बनायो अनेक
जन्मिदा खेरि बालक जाति बोकेर आएन
जन्मिए पछि के जाति पर्यो ऊ पत्तो पाएन ।।

हुर्किदै थियो आमाको काख ममता पाउँदै
लोटेर उठ्दै आँगनभरि दौडिन्थ्यो रमाउँदै
छिमेकी बाजे आएर त्यहा के कुरा गर्दै थे
दुगुर्दै बाबा भनेर छोयो त्यो सानो बाबुले ।।

ती बूढा मान्छे रीसले चूर धकेल्दै लोटाये
रुन पो लोग्यो आँशु नै झार्यो बाबाले उठाए
आमाले झट्ट पिटिन किन बाजेला छोएको
कसैले चासो लिएनन् बरै बालक रोएको ।।

बाजेको हात कित्लीमा पानी खेतमा लैजान
पोखेर पानी बगाए भने चल्दैन यो खान
बाबा र आमा हात नै जोडी गल्ती भो भन्दै थे
उफ्रिन थाले सुनेनन् बिन्ती सराप कन्दै थे ।।

मनमा चल्यो कसरी जात सानो र ठूलो भो
मान्छेले छुँदा कसरी पानी भयो र बिटुलो
पसिना चल्छ चल्दैन पानी नचल्ने हो किन
बसेर सोंचें टोलाएँ मात्र बुझ्न केही सकिनँ ।।

देश मा ऐले कानुन लाग्छ छुवाछुत् नगर
सजाए जेल हुननी सक्छ भेद्भाव नगर
डरले मात्र हुदैन छराँै शिक्षा र सद्भाव
भावना बुझी सबैमा गरौ क्षमा र आदर ।।

जन्मिदा खेरि के जाति थियौ हामीले भुलेर
स्वच्य र सत्य करुणा भए त्यो ठूलो मानिस
सदियौँ देखि गडेको धृणा मिलेर उखेलौ
विभेद त्यागी जाति को रीति सुन्दर बसालौ ।।