
आज म आफ्नो वेदना खोल्दै छु मान्छे
अँध्यारो कोठीझैँ डुम्म छु
खोल्न खोज्दै छु तैपनि असमर्थ छु
वर्षौदेखिको पीडालाई दबाउँदा दबाउँदै
आफैँ पत्थर भएको छु
न आनन्दले मुस्कुराउन दियौ तिमीले
न त धित मर्ने गरी रुन नै दियौ
यो कस्तो विडम्बना मनुष्य ?
पाप तिमी गर्छौ, सजाय हामी भोग्दै छौँ
यो कस्तो सर्वश्रेष्ठ मानव ?
जो मानवतावादी भन्ने, अरुलाई च्याप्ने,ठग्ने
तिम्रो कुकर्मले, संसारमा आगो लाग्दैछ
त्यसैले ढुङ्गे,स्वार्थी मान्छे
तिमीजस्तै, तिम्रो छोरो,नाति!
वृक्ष,कीट,फट्यांग्रोलाई आफैँलाई वृद्धसम्म
पुर्याउने, जोगाउने भए प्रेम गर प्रकृतिलाई
तिम्रै भलो हुनेछ, पापबाट मुक्त बन
समय थोरै छ
सच्चिने, चेष्टा गर
जुन दिन तिमी धनीले गरिब
सरकारले जनता गिज्याएझैँ
गिज्याइ रहने छौ
कुनै काल, म कठोर बनेको पल
तिम्रो र तिम्राको पक्कै अस्तित्व,इतिहास
अगन्य शताब्दीको भावि पुस्ताले
गर्नेछन् परिकल्पना हाम्रो इतिहास रे भनेर!
मण्डन देउपुर न.पा-०१,काभ्रे

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

