मेरा उर्वर अङ्ग प्रत्यङ्गहरूमा
काउकुतिको असरल्ल बहारसङ्गै
तिम्रो लाजका गहना सङ्ग लहरिएर
विषवमनको ऊर्जाको प्रहारसङ्गै
तिम्रो त्यो कामवासना
मेरो उत्ताउलो उपासना
हल्लाउँदै थियो दरिलो जग
कस्तुरीको बिनाझैँ मगमग
म बिस्तारै रापिँदै थिए
तिम्रो समीपमा गर्माउँदै
भावनामा डुबुल्की मार्दै थिए
तिमी आयौ प्रत्यक्ष सर्माउँदै
तिम्रा अन्कुरित आँकुराहरू
घुम्टो भित्रका हिम टाकुराहरू
मलाई घरिघरि झस्काइरहेका छन्
उत्ताउलो बनी जिस्काइरहेका छन्
म रापको भोको थिएँ
तिमी सूर्यको ताप थियौ
म कल्पनाको सागर थिएँ
तिमी उत्ताउलो छाल थियौ
तिमी उत्ताउलो वासना थियौ
म भोको शिकारी थिएँ
तिमी महान् दयावान् दानी थियौ
म यौवनको भिखारी थिएँ
असन्तुलित व्यग्रताको चुम्बन
समालिन नसकेका अंगबाट
जरुवा मूलहरु रसाइरहेका थिए
ती उत्कृष्ट कलात्मक ढङ्गबाट
मेरा अङ्गले तिमी मोहित हुनेछौ
क्षण भरमा तिमी हराउनेछौ
मोहित रफ्तारको अन्तिम पलमा
सुस्तरी कामुक आवाजमा कराउने छौ
नौनीझैँ तपतप पग्लिएर
डर लाज सङ्गको सीमा मिच्दैछु
म त्यो मधुमासको लडाईंमा
हारेर त्यो युद्ध जित्दैछु
चैत मासे खडेरीमा पनि
शिशिरे हिउँदे हिमपातमा
बर्खेमासे सिजने वर्षाजस्तै
मूलको पानी तृष्णा मातमा
म हराउँथे स्वप्नील मदहोशीमा
मधुमासको बहार तिमीमा थियो
हेर्दथेँ कामुकताको लाजलाई
म बेकामे खास तिमीमा थियो
मिसिन चाहन्थेँ तिमीसित
तिमी अनन्त भङ्गालो हौ
म मायाको न्यानो स्पर्श हुँ
तिमी कामुक अङ्गालो हौ
तिम्रो लाजका गहनासित
कौमार्यको अविरल खेल खेल्दछ
बेहोशीमा मोहक राशलीलाको
जादुमयी शयर झेल्दछ
बर्साती चुम्बनका स्पर्शहरू
मडारिएलान् संघर्षको बादल
मनका अन्तरङ्गका चि मुसीहरू
नाचेर बटुवा बजाउँछन् मादल
उचाईमा बढेका श्वास प्रश्वासमा
माइलौँ रफ्तारको आवेगमा
म आफूलाई समाहित गर्दैछु
तिम्रो जादुमयी प्रवेगमा
अनेकौँ प्रयासमा नभत्किएको
जति हल्लिदा नहल्लिएको
सानो त्यो खहरे खोलीले
बगायो स्पर्शको बोलीले
एक बफादार सिपाहीजस्तै
पलपल फुर्तिलो कवाज खेल्दै
असिन पसिन हुँदै दौडिरहेछ
भीमकाय पहाडहरूलाई पेल्दै
स्वरबाट बिस्तारै साउती मार्दै
माथिबाट सुस्तरी चहार्दै
आवेगमा प्राणी कराइरहेछ
कामुक स्वरमा ऊ हराइरहेछ
पुषे सिरेटोमा नि रापिलो छ
चैते मासमा पनि शितल छ
जुन मौसम जुन क्षण सुहाउँछ
बाफ र पसिनाले नुहाउँछ
जोशिलो बाफिलो प्रयत्नहरूमा
प्रवेगमा उवाउँदै डस्दछ
मायाको त्यो चरम उत्कर्षमा
मायावी बर्सातको पहिरो खस्दछ
फेरि डर फिर्ता आउने छ
लाजले आफ्नो डेरा टोलाउँछ
सर्माएर दाँतले ओठ टोक्दै
दोस्रो विश्वयुद्ध बोलाउँछ
मन्थली २,रामेछाप
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।