
म नमस्कार गर्छु,
तिमी फर्काउदैनौ
म नम्र निवेदन गर्छु,
तिमी फिटिक्कै सुन्दैनौ
म घरी घरी
हप्तै भरि
धाई धाई
चप्पल चुँडाई
स्वास्ति गर्छु तिम्रो
तिमी हुन्छ भन्दैनौ
अहं मान्दै मान्दैनौ
कति निर्दयी
कति चाम्रो तिमी
सेवक हैनौ
मालिक हाम्रो तिमी
ए हाकिम साब
ए माईबाप,
के म पूर्वजन्मको पापले
यहाँ जन्मिएको छु र ?
के म तिम्रो देशमा
भाडामा बसेको हुँ र ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
