शताब्दीयौं पुरानो
उस्कै छोराले ठड्याएको सालिक
ईतिहासले रोपेको सालिक
फेरी शताब्दीयौं पश्चात
उस्कै नाती नातिनाले उखेल्दो रहेछन्
समयले मान्छेलाई हैन
मान्छेले समयलाई जिते पछि
विश्वकै राम्रा छालाका खातिर
पटक पटक संसारमा
जुलुस भएर फिँजिदो रहेछ
आगो भएर लप्किन्दो रहेछ
र बस्दो हरेछ
नश्लीय विभेदीकरणको राग
रगतको कणकणमा निरन्तर ।
हिजो मात्र
दास व्यापारी एडवर्ड कोलस्टनको सालिक
ब्रिस्टलको बन्दरगाहमा बगाएर सेलाए
जातिवादी फ्रान्क रिजोको सालिक
फिलाडेल्फियाको शहरमा लडाए
यस्तै विन्स्टन चर्चिलको सालिक पनि
रेसिस्ट भन्दै हिजो
झन्डैंले ढालेर थेम्समा फालिदिए !
सवैको प्रतिमा ढलुन्
रित्तो प्रतीक ढलुन्
विभूतीका समर्पित मूर्ति छन् भने
अनन्त सम्म उभी रहुन् ।
इतिहासले भनिरहेछ कि
सालिक बन्नु भनेको
पुन: मृत्यु स्वीकार्नु हो ।
जुग जुग सम्म बाचिरहन त
युग युग सम्म उभिरहन त
दर्शनको चन्दन घोट्नु पर्दोरहेछ ।
खै: कहिले मरे प्लेटो
कहिले मरे डेरिडा ?
पिकासो र भिन्सिको कुचिलाई
सोध्नु छ मैले एकदिन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।