नाच गान त ऊ पनि गर्छ
म पनि गर्छु फरक यत्ति हो
ऊ भजन कीर्तनमा गर्छ
म पञ्चेबाजामा गर्छु
भजन कीर्तनलाई काखा
पञ्चे बाजालाई पाखा किन ?
ऊ पनि त मनोरञ्जन दिन्छ
म पनि त मनोरञ्जन दिन्छु
ऊ पनि मन्दिर जान्छ म पनि मन्दिर जान्छु
ऊ भित्र बसेर पूजा गर्छ, म बाहिर बसेर
भगवान त ऊ पनि पुज्छ, म पनि पुज्छु
ऊ इज्जत र गर्वका साथ भगवान् पुज्छ
म अपमान र घृणा सहेर भगवान् पुज्छु
निरास बनौँ सीप छ, कला छ
गर्व गरौँ न त सम्मान छ, न इज्जत
मुर्ति कुँद्ने म, मूर्ति पुज्ने ऊ
धारो बनाउने म, पानी पिउने ऊ
गहना बनाउने चाहिँ म
त्यही गहना लाएको उसलाई मैले छुँदा
पानी छर्केर शुद्ध बन्ने ऊ
बज्ने बाजा त राष्ट्रिय बाजा अरे
बनाउने र बजाउने म दलित
यो देशमा कहिले बज्न सकिनँ !
समाजको डर मान्छ
पढ्ने लेख्ने बुद्धिजीवी
हामी पनि त मान्छे नै हो
स्वास फेर्ने प्राणजीवी
गाग्रोको पानी नचल्ने साहेब हो
हिजो मैले तिम्रो गाउँको
पानीको मूल छोएको छु
कसैले पानी नखानू है !
गुल्मी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।