
एउटा प्लेन अचानक खस्दा
सबैको दिल दुख्यो महोदय
तर विचरा मेरो देश जसलाई
सबै मिलेर हजारौं फिटबाट खसाली रहेछन्
एक युवा जल्दा हामीले
सामूहिक शोक मनायौँ
तर अफसोस मेरो देश जो हरदिन
चितामा पुर्याइन्छ र सति बनाइन्छ
यहाँ एक चेलीको लुगासँगै
च्यात्तिए हरेक ममताका मुटुहरू
तर नेपाल आमाको फाटेको लुगा फेर्न
कुनै युवाको शिल्प चल्दैन
नागरिकता नहुनेको चौकीदारी
हाम्रो अदालत खुलेर गर्छ
तर म माननीय नागरिक हुँ भन्नेलाई
देश बेच्ने लाइसेन्स बाँडिरहन्छ
भनिन्छ जस्तै कनिष्ठतामा पनि
राष्ट्रियता मर्दैन, देश प्रेम रहन्छ
त्यसैले रुन्छे हाँसोले म गर्व गर्छु
हो, मलाई यही दुर्घटनाको देश प्यारो छ ।
रमेश लामिछाने (रोमस)
दुधौली-१, सिन्धुली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
