हे साथी, तिमी एक छिन रोक्किऊ
अलिकति आफूलाई विराम देऊ
यो भागदौडको जिन्दगीबाट हटेर
‘को हुँ त म’ आफ्नो पहिचान लेऊ
होस् आएन कहिल्यै यो जीवनमा
मात्र अनुकरण नै तिम्रो गीत भयो
आफ्नो मूल अस्तित्वलाई बिर्सेर
तिमी यो संसारको मात्र मीत भयौ
के भेट्यौ त तिमीले त्यो खुशी कतै
जसको तिमीलाई यहाँ खोजी छ ?
भेटिँदैन पनि यो केही वा कसैमा
किनकि यो तिमी आफैँसँग छ
हेर्दैनौ त कहिलेकाहीँ आफूभित्र
यहाँ कोही आफ्नोजस्तो लाग्दैन
आफ्नै सन्तान, स्वास्नी, स्वजन
स्वार्थ बिना यी तिमीलाई चाहन्नन्
तर तिमीलाई लाग्दैन सही क्यारे
किनकि तिमी त हौ सबैको प्यारो
पहिचानको कसौटी हो परीक्षण
सुखमा र दुःखमा गर्नु निरीक्षण।
दुप्चेश्वर माध्यमिक विद्यालय, नुवाकोट
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला