बेखबर कता हराउँछौ
ए सपनाहरू !
यहाँ म
आमा हराएको शिशुझैँ
कहालिएको छु !
यी
आँखाहरू किन सपना
देख्नै छाडे…
मलाई मन छ
एउटा सपना देख्न
तब
बनाउने छु डिहीको फाँटझैँ
हराभरा मेरो संसार
झुलाउनेछु
रानीखेतका गराझैँ सुनैसुनका बालाहरू
आओ ए सपनाहरू !
मेरो मथिङ्गलमा

भुँइचालो
मच्चाएर जाओ !