तोडी मौन खुला गरौं हृदयका मान्छे हुँने कारण,
मान्छे नै पशु बन्न गो यदि भनेँ होला कहाँ तारण,
जस्का हात छ डोर यो समयको आए न राम्रो जना,
होस् अन्याय विरुद्धमा सजग भैँ डट्दैँ गरौँ सामना ।।

सत्ताका पथ भ्रष्ट हात छ भने खोसौँ नयाँ खाँतिर,
लाखौं लाख विदेश छन् किन यहाँ ढोँगी चढेँ लौ शिर,
कस्ता योजन मारका सफल छन् कस्ता बने दुर्जन,
जन्ताकै खुन खान पल्किन गए लुट्ने नयाँ गर्जन ।।

काँण्डैकाँण्ड थिए हरेक बलमा लेख्नेँहरू जोडिए,
अग्लो न्यायिकता दलाल पथमा जस्तैँ अझैँ गोडिए,
पार्टीको जग साखमा कलम यो हिड्ने भयो के गरौँ,
नाना भोग बिलासका चमकमा नेता जसैँ न झरौँ ।।

यौटै ठाम रह्यो न शुद्ध मनको होस् कामको मापन,
चम्चाकै भिडबाट चुन्न भनियो जस्को छ धेरै धन,
जन्ताकै मतले गयौ सदनमा जन्ता कता छन् कता,
मै बोकेर हिडेँ जहाँ मगजले चाट्ने मजाले जुता ।।

होला धैर्य कयौं विशाल रुपमा जाग्ने छ ज्वाला बनि,
पर्खेको छ कि उठ्न क्रन्दन कतै फालेर कुण्ठा पनि,
पक्कै छैन घिचेर देश अब यो खाने जुका हो सुन,
अर्को छैन कुनै ठियो अब यहाँ या काल आफैँ चुन ।।

छन्द: शार्दूलविक्रीडित

टीकापुर, कैलाली
हाल: भारत