रेजु पोखरेल
कहिले आमाको न्यानो काख
कहिले दुलहीको कोमल हात
न यता पुरै जम्न सक्छ ऊ
न यता पुरै रम्न सक्छ ऊ
कहिले सुन्नु पर्छ आमाको करकर उसले
कहिले रनभुल्लमा पर्छ दुलहीको कचकचले
न त बन्न सक्छ ऊ आमाको मात्र प्यारो छोरो
न त भन्न सक्छ ऊ दुलहीलाई तिमी नै सबै मेरो
हे पुरुष ! बिचरो न त रुन सक्छ धुरुधुरु ऊ बबुरो
न त भन्न सक्छ कसैलाई राख्छ मनमै कुरो अपुरो
छोरो पो होस् तँ बाबु, रुनु हुन्न तैँले हुनुपर्छ सुरो
रुनु हुन्न है कहिल्यै तैँले सधैँ सधैँ हुनुपर्छ सुरो ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला