चोक्टा खान बसेर झोल पिउँदा स्वादै हरायो कि ता
मेरो मात्र भनेर रात दिन यो धोक्रो भरेको उता
हाम्रो भाव हराउँदै छ अहिले यो स्वार्थको खेलमा
सोझो जो छ समाज भित्र रमिते प¥यो उही भेलमा ।

बाङ्गो मानवले चलाउँछ यहाँ खेती सरी शासन
सोझोले परबाट हेर्छ रमिता पाउन्न त्यो आशन
छक्का दाउ चलाउँदै हरघडी बेला कुबेला यहाँ
खोस्यो शासन भोकले तिरिमिरी देख्यो तमासा जहाँ ।

राजा धेर भएर शासन गरे बेहाल सत्ता भयो
नाफामा घटिया छ चाल किन हो ? यो देश सिद्रा भयो
रैतीको इतिहास जीवित हुने मौका त पैदा भयो
खोजे आसन मात्र लाज नहुने बस्दा भूकम्प गयो ।

गर्छन् बात अनेक रूपसित जो रित्तो भकारी थियो
वार्तामै सबथोक अल्मल भयो मेलो खरानी भयो
खेती लाउन खोज्छ जब ऊ बेचेर गोरू यता
नौलो छैन कुनै कुरा प्रविधिमा झार्दैछ झाँको उता ।

खुट्टा माथि उतान पाद रहने टेकेर त्यो टाउँको
हाँकै हाँक दिएर बस्छ जहिले जान्थ्यो र के बाउको
गाई होइन गोरु व्याउँछ भनी हल्ला चलाए कति
चौपाया पशु झैँ बनाइँ जनता पेलेर गाले अति ।

हाम्रो धर्म रहेन सेवक हुने खै भाव मैत्री यहाँ
पेवामा छ सुवर्ण ध्यान यिनको खेला तमासा जहाँ
ईमानी मन भित्र धुर्त कपटी कालो छ जालो तला
रैतीको भरथेगमा कहलियो मान्दैन कोही भला ।

(शार्दूलत्रिक्रीडित छन्द)

उदयपुर, गाईघाट