माया सुनौलो धन लाग्न थाल्दा
सारै अनौठो मन लाग्न थाल्दा
साथी बनाएँ र खुसी मनाएँ
गाएर नाचेँ म निकै रमाएँ ।

मेरी थियौ धड्कन धून यौटा
यो जिन्दगीको गह दिव्य नौका
हाँस्ने बनायौ सुखमा सजायौ
के भो र ऐले मनमा बिझायौ ?

मेरा विलौना खपिसक्नु छैनन्
जपेर माला जपिसक्नु छैनन्
टाढा भयौ प्रेम ह¥यौ हरायौ
खुसी लुट्यौ दुःख सबै भिरायौ ।

धारी छुरा गर्धनमा छ दर्प
फर्कन्छु भन्दा छ विषालु सर्प
चौबीस घण्टा मन रुन्छ दुख्दै
यो घातको औषधि के छ छुट्टै ?

मभित्र आगो छ म हुन्न पानी
बन्नेछु जल्दै बरु क्यै खरानी
सल्कन्छु ऐल्यै म तिमी नआऊ
भयौ स्वतन्त्रै सुखमा रमाऊ ।

 

(छन्दः उपजाति)