जन्म र मृत्युको सानो धर्सोको फरकले
मान्छे मान्छे हुन सकेको छैन
यो धर्तीमा एक्लै आएको हुन्छ
एक्लै जाने गर्दछ
न केही ल्याएको हुन्छ
न केही लिएर जान सक्छ
तैपनि मान्छे विवेकहीन भै दिन्छ ।

सबैलाई एउटै दृष्टिबाट हेर्दैन उसले
अरुलाई आफ्नो ठान्दैन उसले
अरुलाई यो ब्रम्हाण्डको जीव नै भन्दैन उसले
आफूमात्र मान्छे भन्छ
तर, मान्छेको गुण हुँदै हुँदैन उस्मा
तैपनि मानिस हुँ भन्छ उसले ।

म नै सर्वनायक हुँ भन्ने ठान्छ उसले
अरुको हित गर्नै चाहँदैन उसले
कस्तो अनौठो रहेछ यो मान्छेको मात
न जन्म बुझेको हुन्छ
न मृत्यु बुझेको हुन्छ
त्यसैले भन्न मन लाग्छ
धत् ! मान्छेको मात ।