हो
यसले
मलाई खबरदारी गरिरहन्छ
मिठो सपना देख्दादेख्दै
निद्राबाट जुरुक्क उठाएर
पठाएको छ
सयौँ जङ्ग छेड्न !
पढाइको छ
सपनाका पाठहरू !

हो
म ढल्न लाग्दा पनि
बाँकी सपना सम्झाउँदै
नाकतिर सोझिन्छ !
यसलाई देखेर
झस्कन्छन् अरूहरू
तर्कन्छन्…र मुर्मुरिन्छन् सधैं
म मात्रै एउटा छु
जसलाई सधैं
ठाडो छ भन्ने आरोप लाग्छ
ठाडो धरहरा र सगरमाथा पनि त हुन्छ
ठाडो चोर औँला पनि त हुन्छ
चोर औँला ठडिँदा
म उठ्छु भने
म ठाडो नै सही
मलाई सबैभन्दा
तिम्रो चोरी औँला मनपर्छ !

अझ भनौँ
मलाई तिम्रो भन्दा
मेरै चोरी औँला मन पर्छ
किनकि मेरो प्रतिस्पर्धा
मसँग हो
मलाई मतिरै सोझिएको
चेरीऔँला चाहिन्छ !
म सगरमाथा भएर
ठिङ्ग
ठडिन बाँकी नै छ
प्रिय चोरी औँला !
दुस्मनले झैँ
मलाई खबरदारी गरिरहनू
म आफैँ उभिनु छ ।