नाम अनेक
छन् भेष, सज्जा
गलेर जाने
हाड, मांस, मज्जा
बबुरो भन्दैछ म नै
शरीर हुँ हेर
चोला उठ्न
लाग्दो नै रैछ
के बेर !

जगत्मा बटु्ल्दै छ
भ्रम यो कस्तो
बघिनीका डमरुले
घाँस खाएजस्तो
भित्र छ उस्को
वास्तविक चित्र
बन्दैछ मायाको
असल मित्र

जड भ्रान्ति बुझी
‘म’को खोजीमा
लागेमा
अवचेतन चेत
चेतन पदमा जागेमा
चाँडै नै उस्को
फेरिनेछ कर्म
जानेर यसको
अति सूक्ष्म मर्म

देहमा कस्तरी
अड्किएको स्वास
अहंकारको हुनेछ
समूल नाश
छुट्नेछन् सदियौं
देखिका खोज
तत्त्वको स्वतः
हुनेछ बोध ।