नियालेर हेर प्रिय, यी नयनमा तिनी नै छौ
सारा पीडा भुलिदिन्छु, जब तिम्ले तनमा छुन्छौ
तिमी आँखा बन्द गर, सपना बनिआइदिन्छु
दुई मुटुको मिलन हुँदा, जगतलाई नै बिर्सिदिन्छु
अमर प्रेम अजीव हुन्छ, न देखेर देखिन्छ
न त लेखेर सकिन्छ
जसरी समुद्र कहिल्यै सुक्दैन
सूर्यले आफ्नो धर्म छोड्दैन
भोग, लोभ र आशक्तिले प्रेम दिगो हुँदैन
पवित्र प्रेम हुनेहरूलाई प्रेम दिवस खास लाग्दैन
आस्था र भरोसा छ नि हैन ?
मबाहेक तिम्रो अरु को नै छ भन ?
तिमीबाहेक अरु सबै फिक्का लाग्छ प्रिय
व्यस्तताको बाबजुद पनि सम्झिने गर्छौं
त्यसैले मेरालागि प्रेम दिवस खास लाग्दैन
मुटुभरि तिम्रै माया छ, आँखाभरि तिम्रै सपना छ
एउटालाई मात्र माया गरेर त हेर, मरुभूमि पनि सागर बन्छ
तिमी टाढा हुँदा पनि, याद अझ गाढा हुन्छ
आँशु पनि मोती बन्छ, जब मनले मनलाई छुन्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला