एउटा कुरा भनौं ?
चेसमा सबैभन्दा सानो पावर मानिने पिउसो
मन्त्रीभन्दा शक्तिशाली छ;
केवल अर्जुन दृष्टिले हेर त !
एउटा पिउसोले पिउसो अनि मन्त्री दुवैको काम गर्न सक्छ
तर
मन्त्री त पिउसो बन्न सक्दैन नि
हैन र ?
तर अपसोच !
पिउसोलाई मन्त्री बन्न
दिने र नदिने यो समाजमा धेरै छन्
त्यस्ता घोडा, उँट र हात्तीहरू !
तर पनि मलाई त
उँट र हात्तीभन्दा घोडाबाट
धेरै डर लाग्छ
अरे उँट र हात्ती त
केवल दुनाको सोझो गर्छन्
र
सिधासिधा हिँड्छन्
तर खै मलाई चाहिँ घोडाको
पछाडि पनि आँखा हुन्छ जस्तो लाग्छ
अनि अलि सजक बनिदिन्छु
समाजका धेरै घोडाहरू
जसले देखाउँछन् एउटा र गर्छन् अर्को !
कुन बेला राजालाई चेक लगाएर
मन्त्री नै टप्काउँछ
भन्नै सकिन्न
कुनै घोडाहरू सोच्छन् होला कि
राजा मौन बस्छ
अनि
गति पनि ढिला छ
तर
राजा नहुँदा गेमको अस्तित्व के हुन्छ ?
अहिलै महसुस गर त्यस्ता घोडाहरू !
आजको समाजमा धेरै पिउसोहरु हेपिएका छन् !
तर त्यही समाजमा
घोडा, उँट, हात्ती मिले भने
पिउसो पनि मन्त्री बन्न र बनाउन सकिन्छ
वाह ! वाह ! वाह !
गेममा ८ पिउसोको ८ मन्त्री
र
पहिलाको मन्त्री गरी
९ मन्त्रीको समायोजनले त
जस्तोसुकै चेस माष्टरलाई पनि हराउन सकिन्छ ।
सोचौं हामी के पिउसोलाई बचाउँदा त
चेस माष्टरलाई हराउन सकिन्छ भने;
बचाऊ हामी सबै मिलेर
हरेक आमाका पिउसाहरू !
जुन मिनेटमा २५९
घन्टामा १५५४०
र
दिनमा ३७२९६०
चेस गेम खेल्न तयार छन् ।
(विकिपीडियाका अनुसार 2021 को औसत जन्म संसारको लागि लगभग 259 जन्म प्रति मिनेट बराबर हो ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।