
तिम्रै नाममा मेरो धड्कन, धडकिन्छ त म के गरुँ ?
तिम्रै यादले सपनीमा, झस्किन्छु त म के गरुँ ?
तिम्रै मायाले खुसी बनाउँछ, अरुको साथ म के गरुँ ?
हरपल हरक्षण मायाका पल, सम्झनामा आउँदा
तिम्रै सम्झनामा दिनरात, बित्छन् त म के गरुँ ?
तिम्रै मायाले खुसी बनाउँछ, न अरुको साथले म के गरुँ ?
भावना नै मीठो हुँदो रैछ क्यारे, मायाको
तिम्रै मायाको मिठासमा, म भुलेँ त म के गरुँ ?
तिम्रै मायाले खुसी बनाउँछ, अरुको साथ म के गरूँ ?
सरलता र तिम्रो माहनतालाई, कुन शब्दकोषमा समेटुँ म
तिम्रै बानी पर्यो हेर, सम्हालिएर अघि बढ्न अब म के गरुँ ?
तिम्रै मायाले खुसी बनाउँछ, अरुको साथ म के गरुँ ?
निर्दोष छौ तिमी पनि, अनि निर्दोष छु म पनि
अनुभूति यो मायाको, दोष लगाउन चाहन्नँ त म के गरुँ
तिम्रै मायाले खुसी बनाउँछ, अरुको साथ म के गरुँ ?
खुसी हाँसो रोदन, दुःख सबै साटासाट गर्छौं हामी
अनगिन्ती यादहरूसँगै, अजम्बरी नाता जोडेँ त म के गरुँ ?
तिम्रै मायाले खुसी बनाउँछ, अरुको साथले म के गरुँ ?
भरतपुर, चितवन
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

