
बीऊ छरेपछि, फूल उम्रिनु
गलत हो र ?
यदि हो भने गलत को ?
बीऊ छर्ने, धर्ती या
वातावरण या माली
को ?
बिरुवा उम्रेपछि, मलजल नपाउने ?
हुर्कन बढ्न नपाउने ?
आफू खुसी फक्रन, फुल्न नपाउने?
स्वतन्त्र भएर आफ्नो रङ
सुगन्ध छर्न नपाउने?
जब
उसलाई चाहिँदा कहिले माला बनाएर
गलामा सजायो
कहिले घर, दरबार सजायो
कहिले शिर सजायो त
कहिले आफ्नै बगैँचा
उसलाई जहाँ जसरी चाहियो
त्यसरी नै चलायो
के
फूललाई पानी नदिएर
निरस बनाउन पाइन्छ?
मल नदिएर कक्रक्क
बनाउन पाइन्छ?
हाँगा, पात , कोपिला
फूल रक्ताम्य बनाएर
लुछ्न पाइन्छ?
फूलको जरै मासिने गरी
उखेलेर, डढाउन पाइन्छ?
फूललाई सजाई सकेपछि
उसै वास्ता नगर्न पाइन्छ?
पाइन्छ
पाइन्छ यार् पाइन्छ
किनकि ऊ सरकार हो
उसलाई सबै थोक
गर्न छुट छ
किनकि ऊ
सररररररर काऽऽऽऽ र
हो।
सोलुखुम्बु, नेचा सल्यान ५
हालः दक्षिण कोरिया

साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
