उज्या…लो त्यो पूर्णिमाको जूनलाई
हत्केलाको पर्दाले ढाकेर
चन्द्रमाकै उपहार बनेकी उनलाई
कहिल्यै नफुत्किने गरी
मेरो हृदयको पन्नासँग टाँसेर
देख्नेहरूका लागि सुन्दर चित्र
सुन्नेहरूका लागि विचित्र
अनि,
बुझ्नेहरूका लागि पवित्र भएर
तिम्रो त्यो मौनताभित्र गुम्सिएको प्रेमलाई
आभास गर्न मन छ !
आवाजलाई हैन
तिम्रो सासको सुवासलाई
महसुस गर्न मन छ
यौवनको उन्मातसँगै लठ्ठिँदै…गएको
त्यो ओठको स्पर्शको लोभ छैन मलाई
केवल प्रेमको मन्दिरमा सिन्दुरको व्रतले
तिमीलाई भर्न मन छ
तिमीलाई भर्न मन छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला