मेरा साना पाखामा चढेर हेर्दा लाग्छ
कति होचो छ तिम्रो घर
मेरो गाउँ डुलेर फर्किदा तिमी सोच्नु
कति सानो छ तिम्रो सहर
मैले बोलेका शब्दमा तिमी वजन खोज्छौ
म तिम्रा तर्कमा शिष्टता खोज्छु
तिमी बेचैनी भै बत्ति निभाउँछौ
मैले आनन्दले बिउँझिन जानेको छु
तिम्रो राजाको छोरा मेरो गाउँको चौतारीमा
बुद्ध बन्ने रहर लिएर आउँछ
मेरो गाउँ आएर, जीवन दु:ख छ र
दु:खको निदान यहीँ छ भन्ने थाहा पाउँछ
तिम्रा कौहुतलका झिसमिसेले
मेरा गाउँका पुतली चोर्छन्
मित्र, ती पुतली मत्याउने फूल पनि
तिमीले मेरै गाउँसँग किन्नु पर्छ
साधना जस्तो जीवन बाँचेकी प्रेमिका
तिम्रो सहरमा कहाँ भेट्छौ
त्यसैले अश्लील खुसीका पोका बोकेर
यो जीवन रङ्गीन छ भन्दै हिँड्छौ ।
दुधौली-१, सिन्धुली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला