कस्तो हो यो रोगपनि, भित्र–भित्रै पोल्ने ।
मान्छेबाट मान्छेमा नै, सर्दै–सर्दै जाने ।।
कोरोनाको रोगदेखि सबैजना तर्से
कहाँबाट आयो भन्दै काम गर्नै बिर्से ।
घरभित्रै बसिकन दूरी कायम गर्ने
जथाभावी नगरेरै योगा गर्न थाल्ने ।।
रूघा–खोकी लाग्न नदि तातो–तातो खाने
माक्सलाई प्रयोग गरी यताउता जाने ।
सेनिटाइजर् प्रयोग गरी हात धँुदै गर्ने
सफाइमा ध्यान दिई रोग निको पार्ने ।।
कस्तो हो यो रोगपनि, भित्र–भित्रै पोल्ने ।
मान्छेबाट मान्छेमा नै सर्दै–सर्दै जाने ।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
