भर्खर त हो नि
ताते ताते गरी सारेको पहिलो पाइला
तिम्रो साथ र अलिकति हौसलाले
बाटो म पहिल्याउन सकूँला
पक्कै, लडेर फेरि उठ्न सकूँला
हिमालको शालीनता माथि झुकेको क्षितिज
पहाडको तरेली
अनि समथरको ती बस्ती
खुट्याउन म आफैँ सकूँला
तर, को पसेछ कुन्नि बगँैचामा
घाइते छन् मेरा सपनाका फूलहरू
इन्द्रेणीको रंग अलिकति सापटी लिएर
जूनको शीतल मुनि सुम्सुम्याउँदैछु
एक अन्जुली फूल
राखेर अघिल्तिर
भर्दैछु हृदयमा आफ्नै ब्यथाको रङ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
