सोझोपनले फाँसी लगायो
जनै फुकाल्यो र शहर पस्यो
राम जप्यो तर हराम बन्दै
उस्ले घरको छानो बिर्सियो

छाक टार्ने मानो बिर्सियो
इमान बेच्यो
इज्जत बेच्यो
दुई कौडी कमाउन गिर्नु गिर्यो

उस्ले गर्दनमा आसी लगायो
धर्म भुल्यो र हलाहल गर्यो
आफ्नै स्वाभिमानको
आफ्नै अस्तित्वको
शैतानको पूजा आराधना गर्यो
उस्ले मन्दिर बिर्सियो
कुल देवता बिर्सियो
आफ्नो परिचय बद्लियो
आफू इलुमिनाटी हुँ भन्छ
के उस्ले आत्महत्या गरेकै हो त ?