मध्यरात थियो
चारैतिर सुनसान थियो
आमाको आँखाभरि पीडाका आँसु
अनि ओठमा मन्द मुस्कान थियो
किनकि हातमा ईश्वरको उपहार
अनि परिवारभरि हर्षोल्लास थियो
त्यो रात ! त्यो समय !
मेरो जन्मदिन थियो
आफैँमा बलवान थियो
मेरो जन्म भएको त्यो रात थियो
किनकि पूरै नौ महिना पछिको
घरमा खुशीको त्यो बरसात थियो
टोल-छिमेकमा मेरै चर्चा र बात थियो
शीरमा हरेक आशीर्वादका हात थियो
सबैका काखमा म
अनि सब मेरो साथ थियो
त्यो रात ! त्यो समय !
मेरो जन्मदिन थियो
आज म २० वर्षको भएँ
आमा ४२ र बाबा ५२ को हुनहुन्छ
सपना अझ साँचेकै छ
इच्छा अझ बाँचेकै छ
बा-आमाको आङमा सफा, सुकिला लुगा काँच्नु छ
अनि सँगै नाँच्नु छ
आफू लागि नभए पनि, आफ्नाका लागि बाँच्नु छ
अनि सँगै रमाउनु छ
राम्रो पैसा कमाउनु छ
एउटा सुन्दर घर बनाउनु छ
छुट्टै पहिचान बनाउनु छ
बस् ! पूरा गर्न लाग्ने समय
मिहिनेत र परिश्रमको खाँचो छ
त्यसैले, निरन्तर पाइला चाल्दैछु
आश र सास रहुन्जेल
यसलाई कायम राख्नु छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।