विनिता सापकोटा

चटक्कै बिर्सेर रहर
चोइटा बनाई हातलाई
तिम्रा रहरहरू किन्नलाई
समाउँदैछु अनौ र भन्दै छु
ह ह हाले ह
तिम्रो अघाएको पेटसँगै

म पनि अघाउँदै
तिम्रो रमाइलोमा म पनि रमाउँदै
भन्दैछु म तारे छिटो माले छिटो
हलोको सियोले कोर्ने प्रत्यक डोबहरूसँगै
म तिम्रो भविष्यको रुपरेखा र्कोदैछु
धुलौटो कोरेर ज्योतिषले
भाग्य कोरेजसरी
आशा राखेर कुनामा हृदयको
एक मुठी पानी खुवाउने छोरा
तैं त हो नि
आलोपालो रोकिँदा
श्वासको र
भरिन छोडिँदा रगत हृदयको
चार कुनाभरि
र बन्द हुँदा मुटुको चाल र गति
हिजोको सबै
फेरिएका छन् दिनहरू
एक्लो ओछ्यानमा बूढो खोकी साथमा छ
परदेशमा छ मेरो आशाको त्यान्द्रो
बालुवाको घरमा
के टुङ्गो छ र
ऊ भरिएर आउने बाकसमा
कि बाकस लिएर आउँछ साथमा ।