सृष्टि मल्ल

कहाँ देख्ने फुर्सद छ र मलाई ?

शित लहरमा मरिरहेको
मेरी आमा ?
धर्तीलाई ओछ्यान र
आकाशलाई छानो बनाएको
मेरा बालाई ?

कहाँ सोच्ने फूर्सद छ मलाई ?
मेरो दिदीको पुछिएको सिउँदोमा
खालीपन
जब मेरो ज्वाइँ बिदेशमा पसिना बगाएपछिको
मेरी बहिनीको एक्लो जवानी  ।

म साइरन बजाउँदै
शासकिय म्याराथुनको डौडमा छु ।

कस्ले बोले
बिरामीलाई औषधी छैन भनेर
सितामोल मात्रै नभएको हो
मृत्युवरणको लागि अन्य पदार्थ त छन् ।

कस्ले गर्यो भोकमरीले मान्छे मरेको कुरा
उनीहरूले मलाई हजुरी नगरेकोले मरेका हुन् ।

म बोल्दै गर्दा  को हो ?
उफ्रने बिचमा ?
उसलाई ज्यानको माया छैन ?

कहाँ छ राष्ट्र ?
कहाँ छन् राष्ट्रियता ?
के हो नेपाली स्वाधीनता ?

यी सबै सबै मेरै शासन कालमा
मैले नै बेचिसके
मेरो शासनको लागि ।

मलाई यो देशको माया छैन,
जनताको माया छैन,
को हो यो हावादारी कुरा गर्ने ?
मैले नै यिनलाई जिउदो राखेको छु
यिनैले मलाई औला ठड्याउने ?

त्यसैले म यो देशको शासक होइन नि ?

 

स्याङ्जा