रामकृष्ण प्रजापति
आयो नयाँ सरकार
आएन मेरो सरकार
विदेशिनेको लर्को आयो
आएन रोजगारी
विदेशबाट दैनिक लास फर्कियो
फर्केन ब्रेनड्रेन
आयो खर्बौंको व्यापार घाटा
आएन निर्यातका पुञ्ज
आयो सत्ताको निम्ति आत्मसमर्पण गर्ने नेताहरू
आएन सार्वभौमिकताको लागि संघर्ष गर्नेहरू
आयो पदको लागि सत्ता पक्षलाई मत दिने प्रतिपक्ष
आएन प्रखर प्रतिपक्षमा बसी सरकारलाई खबरदारी गर्ने
आयो आहालमा नुहाएर सफा हुन खोज्नेहरू
आएन स्वच्छ छविका नेताहरू
आयो आर्थिक संकटका अवयवहरू
आएन आर्थिकस्तर वृध्दिका सूचकांकहरू
सरकारी उद्योगहरू निजीकरण गर्यो
गरेन राष्ट्रियकरण वा समुदायकरण
महँगी र कालाबजारी आकाशियो
आकाशिएन निःशुल्क शिक्षा र स्वास्थ्य
आयो समाजदवाद जपेर पुँजीवादी सरकारमा जानेहरू
आएन सशस्त्र संघर्ष गरेर समाजवाद ल्याउनेहरू
आयो समाजवाद उन्मुख संविधान
आएन सरकारमा समाजवादी नीति तथा कार्यक्रमहरू
आऊ त्यसैले
यो सरकारको विकृति र विसंगतिविरुद्ध
संघर्षको मैदानमा
मजदुर किसानको
आदर्श समाज बनाउने लक्ष्यमा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।