
उठन उठ सुतेका युवा उज्यालो भैसक्यो
परिश्रम गरि सीपमा रम्ने समय आइसक्यो ।
पहरोभित्र खोजेर हिरा सिगारौं धरती
कन्दराभित्र छरेर प्रकाश गासौंला पिरती ।
गाउँघर बस्ति राम्रा छन् हाम्रा सिगारौं यिनैलाई
अन्धकार हटाई उज्यालो ल्याउन उठौं न साथीभाइ ।
हटेर होइन डटेर अब सफलता चुम्नु छ
जोस र जाँगर पोखेर आजै उज्यालो ल्याउनु छ ।
के दियो मलाई देशले भन्ने भावना छाडेर
के दिन सक्छ देशका निम्ति त्यो मात्रै सोचेर ।
अगाडि बढाउ कदम तिम्रा लक्ष्यमा पुग्नेछौ ।
यो मातृभूमि सिगार्न सके नेपाली हुनेछौं
अमिला टर्रा विदेशी फलका स्वादमात्र नताक
स्वर्गको सुख पाउछौ यहीँ विदेश नभाग ।
आलस्य त्यागि नगरी काम पेट भर्ना सकिन्न
स्वर्गकै टुक्रा नेपालि भूमि कहीं कतै भेटिन्न ।
विरताको धनी गोर्खाली हामी स्वभालम्बी पनि छौं
श्रोत सम्पदाले मोती उब्जाउने नेपाली हामी हौँ ।
सिर्जना भर्ना सकिन्छ पक्कै यहि धरतीमाथि बसी
जननी जन्मभूमिश्यः स्वर्गादपि गरीयसी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 








