सुष्मा गैरे
सञ्च आउनु हतार छैन कुरिरहेकी छु
को हौ तिमी कहाँ छौ ? खोई कुरिरहेकी छु !
मजस्तै तिम्रो प्रतीक्षामा तिमी पनि बसेको भए
दुई खोलाको त सागरमा मिलन हुन्छ
पर्खाइ तिम्रै छ, जो अञ्जान छौ कुरिरहेकी छु
सञ्च आउनू, हतार छैन, कुरिरहेकी छु
तिमी पनि यही पृथ्वीमा छौं कताकता आभास हुन्छ
कि यही आकाश, यही धर्तिबीचमा रूमल्लिएका छौ
परिस्थिति समयले लुटुपुटु छौ
ढिलो आउनू, समय लिएर आउनू, सोचेजस्तै आउनु
सञ्च आउनू, हतार छैन, कुरिरहेकी छु
तिमी पनि सोच्दा हौ, कस्ती होलिन्, के गर्दै होलिन्
कल्पनामा यस्तै यस्तै
कल्पनामा रमाउने जस्तो हुँदैन यथार्थ फरक हुनसक्छ
तिमी जूनजस्तै सोच्दो हौ, तिमी ताराजस्तै सोच्दो हौ
न म जूनजस्ती, न म ताराजस्ती
म सामान्य मान्छे सारा जस्ती
मेरो जीवनसाथी यस्तो होस्
तिमीभित्र बाबाको जस्तो कर्तव्यबोध होस्
तिमीभित्र आमाको जस्तै ममत्व होस्
तिमीभित्र हराउँदै गएको दया र मानवताको खानी होस्
तिमी एक भित्र अनेकौं कुराहरू महसुस गर्न सकूँ
म महसुस गर्न सकूँ कि एकै व्यक्तिमा अनेकौं रुप
तिमीलाई खोज्दै भौतारिएकी छु मेरा हरेक कल्पनामा
को हौ तिमी ? कहाँ छौ खोई, कुरिरहेकी छु
सञ्च आउनू, हतार छैन, कुरिरहेकी छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

