चितामा दाहा दिँदा त
कति कठिन हुन्थ्यो
तर कति सरल हुँदोरहेछ
आत्मदाह
भन्थे कायरले गर्छन्
आत्महत्या, आत्मदाह
तर निकै साहास चाहिन्छ होला
चौराहाको बीचमा चुनौतीका साथ
आत्मदाह गर्न
आत्मदाह राम्रो कुरा हुँदै होइन
परिस्थिति यस्तो कसरी आयो
किन गर्नु पर्‍यो चौबाटोमा आत्मदाह
किन गरे होलान्

कैलासकुमार पाण्डेय

एउटा स्टाटसले धेरै भन्छ
झल्काउँछ वस्तुस्थिति
चुनौतीसँग जुझ्नु हो मानवता
ट्युनिसियामा मोहमद बाउजिजीले
बाध्यतापूर्वक रोजेको मृत्युले राष्ट्रको चेतनालाई जगायो
ट्युनिसियाली जनताको
मनमस्तिष्कमा आगो लगाइदियो
चमेली क्रान्तिले विश्वलाई
सबक सिकाएको थियो
प्रेमप्रसाद आचार्यको आत्मदाहले
तात्विक परिवर्तन त के गर्ला खै
तर एक नौजवानको ज्यान गयो
प्रेमप्रसाद आचार्यले
आत्मदाह गर्ने दुश्साहास गरे रे
तर यहाँ हरेक दिन
हरेक युवाहरू गरिबी, बेरोजगारीजस्तो आगोमा जलिरहेका छन्
गुमनाम आत्महत्या होइन
राज्य जनउत्तरदायी भएन
नेतृत्व जिम्मेवार भएन
समस्याका प्रति उदासिन रहे
परिणाम यो आयो
यस घटनाले सिङ्गो राज्यलाई
कठघरामा उभ्याएको छ
नतमस्तक पारेको छ पुरा समाजलाई
गम्भीरतापूर्वक सोच्न बाध्य परेको छ
आर्थिक, सामाजिक रूपान्तर का लागि
नया शिराबाट जानु जरुरी छ
प्रवृत्तिलाई दुरुत्साहन गर्न सकिएन भने
हामीसँग समवेदना मात्र रहने छ
श्रद्धाञ्जली व्यक्त गरिरहने छौँ
शृङ्खलाबद्ध यस्तै भैरहने छन्
मूकदर्शक राज्य बुख्याँचा समान हुनेछ
हरेक दिन प्रेमप्रसाद आचार्य
आत्मदाह गरिरहने छन् ।

कैलासकुमार पाण्डेय
परशुराम १२, डडेल्धुरा