विराट अर्याल

मानव हो, ऊ गरिरहन्छ याचना
सफल हौ जीवनमा, भन्ने नै हो चाहना
तर कोही हुन सक्छ र हरपल सफल ?
आकांक्षा जब बढाउँछ, यो मन चञ्चल

सफलताको गर्ने होला खोई कसरी तौल ?
सन्तोषी मनको के छैन केही मोल ?

सफलता भनी मानिसले के दिन्छ परिभाषा
अरूको तुलनामा ठूलो बनुँ भन्ने गर्छ आशा

समाज र सिद्धान्त नै भएपछि देखावटी
नयन यी सबका किन नहुन् परिप्रेक्ष्यी

सफलता भनी भनी जो हुन खोज्छ सम्पन्न
पाएर नि सबथोक, उसको मन खुसी रहन्न

सन्तोकी भएर आफैँमा, जो जिउँछ अनि छोड्छ धरातल
सायद ऊ नै हुनेछ, जसको छ जीवन सफल ।