बिरामी सरकार !
म जलिरहेको छु सरकार ,
चिसोले बिरामी भएको
तपाईंको शरिर
न्यानो बनाउन ।
तर, नलेख्नुस् तपाईंका कापिरहेका
हातहरुले मेरो जलिरकेको तस्बिर राखेर
‘हार्दिक श्रद्धाञ्जलि !’

मौसम आचार्य
बरु आउनुस्
एक मुठी माटो बोकेर
मट्टी दिने नाटक गरेर
जलिरहेको मेरो चितामाथि
चिसिएका तपाईँका हात सेकाउन
माफ गर्नु सरकार !
म पनि खरानी बन्नुछ
सधैँ न्यानो बनाइरहन सक्दिनँ
बरु डुलिरहनुस्
कहिले संसद भवन
कहिले माइतीघर
कहिले सिंहदरबारअगाडि
कोही फेरि तपाईंका लागि जल्दै पो छ कि ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ कार्तिक २०८२, शनिबार 




