आएर कतैबाट
थाहै नपाउने गरेर चिमोट्छ
कहिल्यै नदुख्ने गरेर चिमोट्न म
तर ऊ मेरो नजिक छैन
मात्र यादले चिमोटिरहन्छ ।
केही कुरा महसुस गर्न बढ्नु पर्
तलब बढ्दा खुसी भएजस्तो हैन
उमेर बढेकोमा पछुतो लाग्ने दिन
कुनै चित्रकारको चर्चित चित्
चित्रकलामा मात्र आकृति देखिन्छ
आजभोलि मेरो पूरानो एल्बमको
फोटो फ्रेममा छुटेको छ बचपन ।
आएर आँखै अगाडि
कसैले सुनाइदियो भने
ताराबाजी लैलै
चि मुसी चि
कुखुरी काँ बासी भात खा
बस बस रे ! बसुन्धरा बहिनी
काग दाजै काग दाजै
यो मन फुत्त उडेर उतै पुग्छ
जहाँ पुगेपछि मलाई फर्केर आउँन
यादहरूको बाटे गह्रामा
कसैले उखु रोपिदिएको छ
आज भोलि त्यो उखु चिनी भएको छ
मलाई चिनीसँग भन्दा बढी
उखुको याद आउँछ ।
किनकि उखुमा मेरो बचपन अल्झेको
आजकाल मलाई कसैले
-कुनै आकृतिमा
-कुनै शब्दमा
-कुनै चलायमान दृश्यमा
मलाई अल्झेको देख्यौ भने सम्झनू
” ऊ बचपनमा फर्केर
एउटा गीत गाउँदै बसेको छ । ”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।