अदृश्य छालहरू उठ्दैछन् माथि माथि
बगरै बगर भएर
बालुवाको थाक थुप्रिन्दैछन्
माछा माछा भ्यागुता भन्दै
नानीहरू खेल्दैछ
मेरा यी आँखाहरू रमिता हेरिबस्छ
पोहोर परार
अस्तित्वका सपनाले सिलाएर
झुण्डाएको झण्डाहरू
च्यातिएर हावामा विंवश हल्लिरहेका छन्
घरको आगँनमा नानीहरू
बाघ चाल खेल्दैछन्
त्यहि बाघचाल माथि
मेरा यी आँखाहरूले रमिता हेरिबस्छ
कोहि रूख चढ्दैछन्
आकाशतिर टाउकोउठाएर
टाउको हराएका मान्छेहरू जस्तै
समशान घाटबाट जम्बिहरू हुलका हुल शहर पस्दैछन्
मेरा यी आँखाहरूले रमिता हेरिबस्छ
खुट्टापट्टिबाट भव्य महलहरू
गलछेड़ाबाट रूखहरूको नारा जुलुस चल्दैछ
बनमारा र तितेपातेले जोखना हेर्दैछ
फगत … यी आँखाहरूले रमिता हेरिबस्छ
घोडाहरू रेस मैदानमा
सतरञ्जको तयारी गर्दैछन्
नानीहरू लाते भुकुण्डो खेल्दैछन्
त्यही सतरञ्जको दाऊपेचमाथि
मेरा यी आँखाहरू रमिता हेरिबस्छ
एउटा अर्को महाभारत लेखिन्दैछ
तर यसमा मामाहरू दुवै छन
अनि उस्तै उस्तै छन्
कंस र सकुनी
फगत … आँखामा विभ्रान्ती नपाली
एउटै आँखाले रमिता हेरिबस्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।