

एस.एल.सी.मा
गाउँभरिमै राम्रो नतिजा ल्याएपछि,
बाले सोधे, “के बन्छस् छोरा ?“
“डी.एफ.ओ. बन्छु“, भनेँ ।
आमाले सोधिन्, “के बन्छस् छोरा ?“
“डाक्टर बन्छु“, भनेँ ।
गुरुले सोधे, “के बन्छस् केटा ?“
“वैज्ञानिक बन्छु“, भनेँ ।
छिमेकीले सोधे, “के बन्छौ बाबु ?“
“सरकारी हाकिम बन्छु“, भनेँ ।
उनले सोधिन्, “के बन्छौ तिमी ?“
उनको चित्त बुझाउने उत्तर दिन सकिनँ ।
आज उनी कता छिन् बेखवर छु म
म भने सपनाको खेती गर्ने शिक्षक भएको छु ।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू