डम्बरको गीत
आयो कोरोना धरतीमा बाँच्ने कसोगरी
घरभित्र भोकमरी बाहिर महामारी ।
संसारमा सबैसँग माया गाँस्ने मन छ
नजिक भई हात समाई हाँस्ने मन छ
छायो कोरोना संसारमा हाँस्ने कसोगरी
घरभित्र भोकमरी बाहिर महामारी ।

दुनियाँमा सबैसँग मिली बाँच्ने मन छ
अँगालो हाली कम्मर भाँची नाच्ने मन छ
धायो कोरोना दुनियाँमा नाच्ने कसोगरी
घरभित्र भोकमरी बाहिर महामारी ।