सुशील नेपाल

एउटा बालख बालुवाको महल बनाउँदै थियो
एटलान्टिक समुद्रको किनारमा कुनै दिन
हठात् मैले सम्झन पुगेको थिएँ,
अँजुलीमा बोकेको बालुवा
औँलाको कापकापबाट बगेर
हावासँग मिसिएर बत्तिँदा
मेरा वैंशका रहरहरू
ती हावाको लयसँगै सुरूसुरू बगेर
हावामै मिसिएर गएका थिए
जसरी त्यो बालखको महल ढल्थ्यो
अनि फेरि बालखले महल ठड्याउँथ्यो
मेरा चाहना र रहरका महलहरू पनि
त्यसैगरी ढल्दै उठ्दै गरेका थिए
मैले लाचारीमा, नतमस्तक भएर
चुपचाप परिस्थितिसँग सम्झौता गरेको सम्झेँ
बालुवाको महलजस्तै
यो यथार्थ थियो
अँजुलीको कापबाट बालुवा चुहिन्छ
औंलाको कापकापबाट बगेर जान्छ
बालुवा
s
बालुवामा बनेको महल र
अँजुलीको कापबाट चुहिएको बालुवा र
मेरा वैंशका अपूरा रहरहरू बीच !

राजमित्र प्राङ्गण
विराटनगर