प्रह्लाद ढकाल

‘यो’ सत्तामा आउँदा
बुरुक्क गर्ने
‘त्यो’ सत्तामा आउँदा
लुत्रुक्क पर्ने
‘ऊ त्यो’ सत्तामा
आउँदा खुत्रुक्कै झर्ने ।

मान्छेका भाँडाहरूका
छेपाराका पारा
देखेर छक्क परी
छेपारा हाँसे खित्खिती
जिब्रा लामो निकालेर
अभयले मरी मरी ।