निर्मल आग्रह
७.
सयपत्रीका केही फूलहरू
फुलेका छन्
गुलाबका क्यारीहरू माझ !
गुलाबले अलिक होच्याएर सोध्छः
“तिमी यहॉं कसरी ??”
स्वाभिमानी सयपत्रीको ओठे जवाब
यस्तो थियो-
“वसन्तलाई सोध !”
८.
मेरा
केहि सहोदरहरूको दावा छ
उनीहरू वर्तमानका हुन्
किनकि उनीहरूलाई प्याज मनपर्छ !
उनीहरूलाई यति पनि ज्ञान छैन
कि एक बहुरूपियाले कसरी उनीहरूलाई
भविष्यको सपना देखाएर
अतितमा पछारिदिन सक्छ
र
उनीहरूले पुनः
कन्दमूल, तरूल खोज्नु पर्छ ।
९.
याद के हो ?
चियामा चिनी
र
तिहुनमा नूनको अनुपस्थिति हो याद आउनु !
जसरी
मुस्कान र रोदन त्यति नै नजिक हुन्छन्
जति टाढा ओठदेखि आँखा !
दुई एक साथ हुँदा-हुँदै पनि
बीचमा दूरी याद गर्नलाई एउटा शर्त हो !
याद र रात साक्खे दिदी-बहिनी हुन्
जब पनि आउँछन्, सँगसँगै आउँछन् ।
निर्मल आग्रह
सिलगड़ी, भारत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला