निर्मल आग्रह
१.
केटाकेटीहरू आफ्ना खेल्ने चीजहरूको पनि ख्याल राख्छन्
तिनीहरूले खाए कि खाएनन्
राम्ररी सुत्न पाए कि पाएनन्
या तिर्खा पो लाग्यो कि !
तिनीहरू आफ्ना खेल्ने हरेक थोकको जतन
गर्छन्
तर हामीले केटाकेटीहरूको ख्याल राख्न सकेनौ !
न त जतन गर्न सक्यौ !
(केही दिनअघि मात्र भारतको केरला राज्यको एउटा स्कूलमा श्रेणी शिक्षकले एक विद्यार्थीलाई
नराम्ररी पिटेपछिको घटनाको समाचार पढेपछि ।)
*केही दिनअघि छिमेकी राष्ट्र श्रीलङ्कामा देशको डामाडोल अर्थतन्त्रको परिणामस्वरूप देशभर हजारौँ नानीहरू भोक, कुपोषण र गरिबीका कारण सडकमा “I’m hungry मलाई भोक लागेको छ, मैले धेरै दिनदेखि खान पाएको छैन” जस्ता बेनर हातमा लिएर उभ्भिएको दृश्य समाचारमा पढेपछि ।)
२.
केटाकेटीहरू गरिब आमाबाबाका सम्पत्ति हुन्
त्यसो भए के यो सम्पत्ति कसैले चोरिरहेछ त ?
केटाकेटीहरू ईश्वरका प्रतिरूप हुन्छन्
त्यसो भए के ईश्वर आफ्ना प्रतिरूप त्यागिरहेछन् त ?
केटाकेटीहरू घरका रौनक हुन्छन्
त्यसो भए के घरहरू अब सुनसान हुँदै गइरहेछन् त ?
केटाकेटीहरू निश्छल हुन्छन्
त्यसो भए के यो दुनियाँमा निश्छलताको कुनै स्थान रहेन त ?
केटाकेटीहरु देशका भविष्य हुन्
त्यसो भए के देशको भविष्य असुरक्षित भएको हो त ?
यहि हो भने, के हामीले बनाउन खोजेका बलियो देशको नक्सा यही हो त ?
३.
छायाँ देखेर अनुमान लगाउँछन् समयको
आकासलाई स्वच्छ पार्न भनी
सेतो कमिज लाएर स्कूल जान्छन् ।
स्कूल जान नपाउने केटाकेटीहरू
बाटो छेउ उभ्भेर हेर्छन्
स्कूल जाँदै गरेका साथीहरूलाई ।
गाउँमा अहिले पनि थुप्रै आमाहरू छन्
जस्ले स्कूल जान पाएनन्
तिनीहरू आज पनि आफ्नु छोरीलाई स्कूल जाँदैगरेको देख्न पाउँदा भन्छिन्
समय परिवर्तित भइरहेको छ ।
छोरीको खुशी देखेर आफ्नु सारा दुःख/पीड़ाहरू
बिर्सिदिने आमालाई देख्दा लाग्छ
दुःख र सुखमा केही फरक छैन
● सिलगड़ी, भारत ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।