सुष्मा गैरे
गर्वमा मारिएकी म
झाडीमा छाडिएकी म
जिउने कति आशा थियो
गर्भमै मारिएकी म !
भनिन्छ चौरासी जुनिपछि
मानिसको जीवन जिउन पाइन्छ
न जीवन देखेँ, न आमा
गर्वमै मारिएकी म
गर्भमै मारिएकी म !
रङ्गरमाइलो गर्छन्
भोग्नुपर्ने भोग्छन् अरु कोही
न रंगीन दुनिया देखेँ, न केही अरू
गर्वमा मारिएकी म
भर्भमा मारिएकी म !
अङ्गहरू बिस्तारै जोडिँदै थे
म छोरा कि छोरी छुट्टिदिए
जब म छोराको आशमा जन्मिँदै थिएँ
डाक्टरले छोरी बताइदिए
गर्वको खोजीमा मारिएकी म
गर्भमा मारिएकी म !
एकचोटी हात लगेकी थियौ पेटमा
खोई के सोच्यौ
तिमी बाँच्नुपर्छ भनेर न आँट गर्न सक्यौ
धत्र ! फेरि कुर्नुपर्ने भयो चौरासी जुनी
अब फेरि नमारी दिनू है !
यो पटक गर्भमै मारिएकी म
गर्वको खोजीमा मारिएकी म !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला