सुवास रिमाल

न त्यो सियोलाई थाहा छ
न त सियोसँगै गाँसिएको धागोलाई
हामी किन गाँसिदैछौँ
केका लागि गाँसिदैछौँ
कता जान गाँसिदैछौँ
तर यत्ति थाहा छ
जतासुकै गए पनि हामी सँगै जाँदैछौँ ।

सिउँदा त हामी सँगै छौँ नै
नसिउँदा पनि सियोमा अलिकति धागो किन बाँकी ?

सिउँदा सियोमा धागो पसाइयो
नसिउँदा धागोमा सियो पसाइयो
अब त पक्का छन् सियो र धागो पनि-
हामी कैले छुट्ने छैनौँ !