
अमृत अधिकारी
सोझाराम्रा युवाठिटा परे खाडीमा
जनता झुक्काई नेताहरू चढ्छन् गाडीमा
दालभात पावर लाग्न छाड्यो
मेनपावरले तान्यो
सिधासाधा खाडी पुराई
रेमिटेन्सले धान्यो
स्वार्थीकन्जुस थोरै भए
सब्लाई पर्थ्यो पीर
जातपात छुवाछुतले
कहिले उठ्नु शीर
बिजीमान्छे बिजनेस म्यान
अल्छी खोज्छ फ्यान
टिकटक भिडियो बनाएरै
पाल्न लाग्छ ज्यान
आग्लो हाले चुकुल छैन
नेता खोक्छन् रेलमा
जनताहरूको रगत चुसी
पेल्छन् उल्टै मेलमा
खरकै छाना छाउन पनि
करकै भरमा टिन
रतन्धो भई हिँड्नुपर्छ
सपना तोडी ऋण
फोकटैको झमेलामा कति झेल्नु पीर
ठाडै घाँटी लाउँदा पनि झुक्न थाल्यो शीर
सुरतालमा स्वरै छैन कस्को ठूलो स्वर
जस्को खल्ती रित्तै छैन उस्कै लाग्यो चोर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ मंसिर २०८२, मंगलवार 




