रोनाल्ड डि थमप्सनद्वारा लिखित Divine Blanket कविताको नेपाली भावानुवाद
अनुवादक: श्याम गैरे
मानौँ एउटा बर्को विशेष रूपमा राखियो
जमिनमाथि त्यसैले विनम्रतापूर्वक अनुग्रह गरियो
एउटा सेतो, एकदमै शुद्ध, एकदमै ताजा, उत्कृष्ट
एउटा आशीर्वाद पक्कै पनि दिव्य हो।
क्रिसमस कार्ड जस्तै, ठिङ्ग ठडिएको
यो ऐतिहासिक परिदृश्य नै इंग्ल्याण्डको गौरव हो
जसका सामग्रीहरूसँग बच्चा खेल्दछन्
त्यसैले पनि साधारण आनन्दहरूले दिनलाई आलिङ्गन गर्छन्।
सूर्योदयका किरणहरू चम्किरहेको धरतिमाथि स्पर्श गर्दछन्
अनि यसको मनमोहक जादू चारैतिर फैलिन्छन्
जुन सुन्दरताले आत्मसन्तुष्ट बनाउँछ
एक ताजा हिमपातको उत्कृष्ट स्वरूपमा।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला