साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हजुर, उहाँ अहिले माननीय मन्त्री

मेरो एक साथी
मेरा ति कोठाहरूमा लुरुलुरु आउँथ्यो
दिनमा भन्दा रातमा बढँ विचरण मनपराउने ऊ
मलाई झलझली याद छ
क्रान्तीको कुरा गथ्र्यो
साधारण, सरल, कर्मयोगी मान्छे
त्यती सुकिलो, मुकिलो, रातो पिरो पनि भेटिदैनथ्यो
साझा बस, ट्याक्सी भन्दा खुट्टा लम्काएको मन पराउँथ्यो ।

राज्य कहिल्यै गरिबको हँुदैन
यी राज्य संयन्त्रहरू
प्रहरी, सेना, अदालत, कानून
सामन्तीहरूको सुरक्षा अनि संरक्षणको लागि हो
सर्वहाराहरू हो, जंजिरमा कति बाँधिन्छौं ?
स्वतन्त्रताको लागि उठौं, राज्य प्राप्तीको लागि उठौं
“गाँउ गाँउबाट उठौं, बस्ती बस्तीबाट उठौं
हतियार लिएर उठौं, जंजिर चुडाउन उठौं”
हो यस्तै भाषण रुचाउने त्यो मेरो साथी ।

bahulako diary small and inside post

हिजोआज कोठामा होइन
टेलिभिजनमा भेटछु, छापामा देख्छु
रेडियो तरंङ्गमा कुर्लिरहेको सुन्छु
खै के अपराध गरे मेरो प्रिय साथीले ?
ति राज्य संयन्त्रहरू
उनको परिभाषामा सामन्तीको सुरक्षा कवच
तिनै प्रहरी, सैनिक, अदालत अनि कानूनले
चरैतिर घेरिएका छन्
राता अनि प्रफुल्ल अनुहारमा
कालो चिल्लो कारमा सररर हुइँकिरहेको देख्छु
लाग्छ राज्य सत्ता तिनको मुठ्ठीमा छ ।

पद प्रतिष्ठा कुर्शी खराब की व्यक्ती
कसरी बुझ्ने खोई ?
सिद्धान्त, आर्दश, भाषणलाई सलाम गर्ने कि
व्यवहार, कर्म र उपलब्धीलाई ?
मेरो मानसपटल स्तव्ध छ
जब त्यो साथी मन्त्री बन्नुलाई
मात्र मन्त्री बन्नुलाई महान क्रान्ति सम्झिरहेको देख्छु
मन उद्धेलीत हुन्छ अनि सोच्छु
कसरी मेरो साथी अतित बिर्सन सक्छन् ?
ऊ कसरी ति गरिबलाई दिएको बाचा
त्यो समाजलाई दिएको क्रान्तिकारिता
मन्त्रीपदसँग साट्न सक्छ ?

सम्बन्धित पोस्टहरु

कविता: उनी आउनेछिन्

कविताः प्रिय नेता !

कविताः उनी

मजदुरी गरी बाँचेका मलर सदा
मजदुरी खोसिएर भोकै मृत्युवरण गर्दा
कसरी सक्छ निदाउन ?
परिवारको एक छाँक जोहो गर्ने जागिर गुमाउँदा
एक छाँक खाने र खुवाउने आधार नदेखेर
आत्मदाहा गर्ने सिद्धार्थ आउजीहरू बारे सुन्दा
ऊ कसरी चिल्लाकारमा हुइँकिन सक्छ ?

दुई छाँक मात्र जोहो गर्न भारत जान बाध्य
विरेन्द्र यादवहरूले
आज आपm्नै देशको माटो स्याहार्न फर्कदा
रोक र भोकले बाटोमै प्राण त्याग्नु परेको विवसता
किन बुझ्न सक्दैनन ऊ ?
५० वर्षीय वृद्ध यमप्रसाद खनाल हुन
या ६ वर्षीय बालक या २० वर्षे यूवक
उपचार विना क्वारेन्टाइनमा मरिरहँदा
किन चासो राख्दैन ऊ ?

यी हजारौं दुखी आत्माको चिच्याहाटबीच
साथी सम्झिनुहोस् अनि सुध्रिनुहोस्
छ भने तागत यही बेला हो, शौर्य बढाउनुहोस्
भोलि अर्को नेपालीको मृत्युको दुःखद समाचार सुन्नु नपरोस
तिम्रो म जस्ता शुभचिन्तकहरूले
छैन तागत, फगत त्यो झण्डा हल्लाएर
हजारौं आत्माहरूको सराप नबोक्नुहोस्
गरिबको नाममा तपाई नव सामन्तीहरूको
सुरक्षा कवच नबन्नुहोस्
यही सल्लाह छ मेरो प्रिय साथीलाई ।

तिनै मेरो साथी अहिले माननीय मन्त्री
हो साँच्चै भनेको
हजुर उहाँ अहिले माननीय मन्त्री ।

 

प्रतिक्रिया
Loading...