भाले कोर्कोराउँदा
नामर्दपनको आक्षेप
लाग्न सक्छ
तर..
समय बद्लिएको छ
पोथीले भने
भालेले झैं बास्दा
उज्यालोको डाक भित्र्याएको
स्याबासी पाउँछे
कस्तो अचम्म ?
भालेले कोर्कोराउँदा
नपुंशकताको जडौरी
भिर्नुपर्ने,
पोथीले बास्न सके
वीरङ्नाको उपाधि जित्ने ।
वाह ! प्रकृति तिमी पनि
अजीवकै छौ
पोथीले बास्न सक्दा
वीराङ्नीको ताज
पहिराउँछौ
भालेले कोर्कोराए
नपुंशक बनाई तल झार्छौ ।
खै’ त न्याय
भालेहरूलाई पनि
पोथीले आजभोलि
भालेको स्वरुप खोसेको छ
अधिकार हस्तान्तरणको नाममा
भालेले पनि बिहानीको
डाकमा बास्न छोडिसकेको छ
पोथीहरूलाई आफ्नो शिरमा
सजाउने हुँदा
आफ्नो ठाडो शिर नै
लर्काउनु परेको छ
किनकि
समयको बद्लावले पोथी
बास्न थालेको छ
भालेहरू बिहानीको डाकमा
निदाउन थालेको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला