कल्पना खरेल

पुस महिनाको जाडो छ
शीत लहरको धारो छ
शिशिर यामको जाडोमा
गरिबको जीवन गारो छ

खुल्ला आकासमा बास छ
न केही पेट भर्ने गाँस छ
ती काँपिरहेको धुकधुकीमा
तड्पिँदै एक मुठ्ठी सास छ

जीवन बाध्यताको दास छ
गरिबको जिउँदो लाश छ
दायित्वविहीन राज्यको
भरोसा र नकुनै आश छ ।